नेपाल सरकार​

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय

पर्यटन विभाग

पर्यटन विभाग अन्तर्गतका शाखाहरुको कार्य

क। योजना तथा पूर्वाधार विकास शाखा

1)    पर्यटन नीति, रणनीति, आवधिक योजना अनुरुप विभाग र अन्तर्गतको वार्षिक विकास कार्यक्रम र बजेट तयार गरी मन्त्रालयमा पेश गर्ने कार्य,
2)    स्वीकृत बार्षिक विकास कार्यक्रमको कार्यान्वयन, अनुगमन र मूल्यांकन गर्ने, कार्यान्वयनमा देखा परेका समस्या समाधान सम्बन्धी कार्य,
3)    पर्यटकीय स्थल र गन्तव्यहरुको पहिचान, अध्ययन, अनुसन्धान सम्बन्धी कार्य,
4)    पर्यटकीय पूर्वाधारहरुको मापदण्ड तयार गर्ने कार्य,
5)    पर्यटन पूर्वाधारको विकास, विस्तार, सौन्दर्यीकरण, प्रबर्द्धन र तत्सम्बन्धी आयोजनाहरको तयारी, कार्यान्वयन, अनुगमन, मूल्यांकन र समन्वय सम्बन्धी कार्य,
6)    विकास कार्यक्रम र आयोजनाहरुको कार्यान्वयन प्रगति तयार गर्ने, विभाग स्तरमा समीक्षा गर्ने र मन्त्रालय र अन्य निकायमा पठाउने कार्य,
7)    विभिन्न पर्यटकीय गतिविधी, उत्पादन र गन्तव्यहरु जस्तैः पर्वतीय पर्यटन, साहसिक पर्यटन, पदयात्रा पर्यटन, जलयात्रा पर्यटन, ग्रामीण, खेलकुद पर्यटनको विकास सम्बन्धी कार्य ।
8)    अन्य तोकिएका कार्यहरु ।

ख। प्रशासन, पर्यटन प्रबर्द्धन तथा साहसिक पर्यटन शाखा

1)    विभाग र अन्तर्गतका कार्यालयहरुको लागि आवश्यक जनशक्ति योजना सहित दरवन्दी सिर्जना, दर्ता, दरवन्दी विवरण र माग सम्बन्धी कार्य,
2)   विभाग र मातहतका कार्यालयको लागि पदपूर्ति भै आएका कर्मचारीको नियुक्ती, पदस्थापना, सरुवा, बढुवा, राजीनामा, विभागीय कारवाही, कर्मचारी खटनपटन सम्बन्धी कार्य,
3)    पद विवरण, पद संकेत, कार्य विवरण सम्बन्धी कार्य,
4)    स्वदेशी र विदेशी, अध्ययन, तालीम, गोष्ठी, सेमिनार, कार्यशालामा मनोनयन सम्बन्धी कार्य,
5)    कार्य सम्पादन मूल्यांकन, निजामति सेवा र अन्य प्रोत्साहित पुरस्कार सम्बन्धी कार्य,
6)    कर्मचारीहरुको हाजिरी, विदा, व्यक्तिगत विवरण अद्यावधिक सम्बन्धी कार्य,
7)    विभागको दर्ता, चलानी, आन्तरिक सञ्चार, जनसम्पर्क, विद्युतिय शासन सम्बन्धी कार्य,
8)    विभागको भवन र उपयुक्त कार्यकक्षको व्यवस्था, हाताभित्र मर्मत, सरसफाई, सुरक्षा, आवश्यक सेवासुविधा उपलब्ध गराउने कार्य,
9)    जिन्सी सामानको उपलब्धी, संचय, वितरण र तत्सम्बन्धी स्रेस्ता दुरुस्त राख्ने कार्य,
10)    उत्सव, महोत्सवमा दीपावली, सजाउने, राष्ट्रिय झण्डाको रेखदेख सम्बन्धी कार्य,
11)    विभाग मातहत कार्यालयहरुको निरीक्षण, सुपरिवेक्षण सम्बन्धी कार्य,
12)    विभाग र मातहतका कार्यालयहरुको मौजुदा काम र संगठनको अध्ययन, विश्लेषण, समायोचित, पुनरावलोकन, सुधार सम्बन्धी कार्य,
13)    पर्यटन प्रबर्द्धन सम्बन्धी योजना र कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने,
14)    आन्तरिक र बाह्य रुपमा पर्यटन प्रबर्द्धनका कार्यक्रमहरु संचालन गर्ने,
15)    पर्यटन प्रबर्द्धनमा संलग्न नेपाल पर्यटन बोर्ड लगायत स्वदेशी र विदेशी संघ संस्थाहरुसंग समन्वय, साझेदारी र सहकार्य गर्ने,
16)    साहसिक पर्यटन र अन्य पर्यटकीय सेवाहरु सम्बन्धी कार्य गर्ने ।
17)    र्याफ्टिङ एजेन्सी दर्ता, नवीकरण, वर्गीकरण, नियमन, सुविधा सिफारिस सम्बन्धी कार्य ।

ग। आर्थिक प्रशासन शाखा
1)    विभाग र मातहतका कार्यालयहरुको वार्षिक बजेट अनुमान, तर्जुमा, छलफल सम्बन्धी कार्य,
2)    अख्तियारी दिने, रकमान्तर, स्रेस्तान्तर सम्बन्धी कार्य,
3)    आर्थिक प्रशासन सम्बन्धी विषयमा राय दिने कार्य,
4)    आर्थिक प्रशासनसंग सम्बन्धित ऐन, नियम, आदेश, परिपत्र, निर्णयको परिपालना सम्बन्धी कार्य,
5)    विभागको आर्थिक कारोवार संचालन र बेरुजु फर्छ्यौट सम्बन्धी कार्य,
6)    विनियोजन, राजश्व, धरौटीको कारोवारको संचालन गर्ने र सोको हिसाव रितपूर्वक राख्ने, राख्न लगाउने, आन्तरिक लेखापरीक्षण गराउने कार्य,
7)    आर्थिक कारोवारको प्रगति प्रतिवेदन तयार गर्ने र पठाउने कार्य,
8)    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा, अर्थ मन्त्रालयमा, महालेखा नियन्त्रक कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र मातहत कार्यालयसंग आर्थिक प्रशासनका विषयमा   समन्वय राख्ने ।
9)    आर्थिक प्रशासन सम्बन्धी अन्य कार्यहरु गर्ने ।

घ। होटल तथा होमस्टे शाखा
1)    होटल, रिसोर्ट, लज, रेष्टुरेण्ट र वारहरुको दर्ताको सिफारिश र निरीक्षण सम्बन्धी कार्य ।
2)    होमस्टेहरुको दर्ता, नवीकरण, वर्गीकरण, निरीक्षण सम्बन्धी  कार्य  ।
3)    पर्यटन उद्योगको रुपमा दर्ता सिफारिश र उद्योग दर्ता भै आएपछि इजाजत पत्र सम्बन्धी  कार्य  ।
4)    तारे होटल र डिलक्स रिसोर्टहरुको स्तर निर्धारण सम्बन्धी कार्य ।
5)    दर्ता भएका होटल र होमस्टेहरुको आवधिक प्रतिवेदन तथा अन्य विवरणहरु लिने र नियमन गर्ने सम्बन्धी कार्य ।
6)    होटल, रिसोर्ट, रेष्टुराँ एवं होमस्टेहरुमा विदेशी नागरिकहरुलाई काममा लगाउन आवश्यक श्रम स्वीकृति एवं गैर पर्यटक भिषाको सिफारिश सम्बन्धी  कार्य  ।
7)    होटल, रिसोर्ट, लज, रेष्टुरेण्ट, वार आदिको लागि नियमानुसारको भन्सार, आयकर, विदेशी मुद्रा आदिको लागि सिफारिश सम्बन्धी कार्य ।
8)    क्यासिनो सञ्‍चालन अनुमति र नियमन सम्बन्धी कार्य ।
9)    औद्योगिक व्यवसाय ऐन अर्न्तर्गत होटल तथा होमस्टेहरुको प्रकृतिसंग मिल्दोजुल्दो अन्य पर्यटन
10)     उद्योगहरुको दर्ता, इजाजत, नवीकरण र सुविधाहरु सम्बन्धी कार्य ।
11)    होटल, होमस्टे, क्यासिनो सम्बन्धी अन्य कार्यहरु ।

ङ। ट्राभल र ट्रेकिङ्ग शाखा
1)    नयाँ ट्राभल, ट्रेकिङ्ग तथा र्याफ्टिङ्ग एजेन्सीहरुको दर्ता, नवीकरण, निरीक्षण सम्बन्धी  कार्य  ।
2)    पर्यटन उद्योगको रुपमा दर्ता सिफारिश र उद्योग दर्ता भै आएपछि इजाजत पत्र सम्बन्धी  कार्य  ।
3)    दर्ता भएका ट्राभल, ट्रेकिङ्ग तथा र्याफ्टिङ्ग एजेन्सीहरुको आवधिक प्रतिवेदन तथा अन्य विवरणहरु लिने र नियमन गर्ने सम्बन्धी कार्य ।
4)    ट्राभल तर्फ पथप्रदर्शक इजाजत पत्र जारी, नवीकरण र जरिवाना सम्बन्धी कार्य ।
5)    ट्राभल तथा ट्रेकिङ्ग एजेन्सीहरुले पाउने भंसार सुविधा तथा अन्य सुविधाहरुको सिफारिश सम्बन्धी कार्य  ।
6)    समूहगत रुपमा नेपाल आउने पर्यटकहरुको टोली नेतालाई गैह्र पर्यटक भिषाको लागि सिफारिश सम्बन्धी कार्य ।
7)    औद्योगिक व्यवसाय ऐन अर्न्तर्गत ट्राभल, ट्रेकिङ्ग तथा र्याफ्टिङ्ग एजेन्सीहरुको प्रकृतिसंग मिल्दोजुल्दो अन्य पर्यटन
8)     उद्योगहरुको दर्ता, इजाजत, नवीकरण र सुविधाहरु सम्बन्धी कार्य ।

च। पर्वतारोहण शाखा
1)    पर्वतारोहणको अनुमति दिने सम्बन्धी कार्य ।
2)    पर्वतारोही दलले प्रयोग गर्ने विभिन्‍न प्रकारका सामानहरु नेपालभित्र ल्याउनका लागि सम्बन्धित निकायमा भन्सार छुटको लागि सिफारिश सम्बन्धी कार्य ।
3)    पर्वतारोहण सम्बन्धी गतिविधिको समन्वय, नियमन, सहजीकरण, पर्वतारोहणको लागि अनुगमन र दण्ड सजाय सम्बन्धी कार्य ।
4)    चीनको स्वशासित क्षेत्र तिब्वत अर्न्तर्गतका हिमशिखरहरुमा आरोहण, पर्वतारोही दल तथा पदयात्राको लागि नेपालको वाटो भएर आउने दललाई ट्रान्जिट सुविधा उपलव्ध गराउन सिफारिश गर्ने, नेपालको ट्रेकिङ्ग एजेन्सीलाई जिम्मेवार बनाउने सम्बन्धी कार्य ।
5)    पर्वतारोहण गतिविधिसंग सम्बन्धित सरकारी निकायहरुसंग समन्वय सम्बन्धी कार्य ।
6)    पर्वतीय पर्यटन र साहसिक पर्यटनको विकासको लागि अध्ययन, अनुसन्धान तथा नीति तर्जुमा गर्ने र थप हिमालहरु आरोहणका लागि खुला गर्ने सम्बन्धी कार्य ।
7)    नेपालका हिमशिखरहरुको प्रोफाइल तयार एवं अद्यावधिक गरी प्रचार प्रसार सम्बन्धी कार्य ।
8)    पर्वतीय क्षेत्रको वातवरण संरक्षणका लागि विभिन्‍न निकायहरुसंग समन्वय गरी कार्य गर्ने तथा हिमाली क्षेत्रको फोहर मैला व्यवस्थापन सम्बन्धी कार्य ।
9)    पर्वतीय पर्यटनसंग सम्बन्धित निजी क्षेत्रका संघ संस्थाहरुसंग समन्वय राख्‍ने, पर्वतारोहण गतिविधिको समन्वय, रेखदेख र नियन्त्रण सम्बन्धी कार्य ।
10)    पर्वतीय पर्यटनका क्षेत्रहरुको विकास, विस्तार र गुणस्तरीय  सुधार सम्बन्धी कार्य ।
11)    पर्वतारोहणका लागि खुला गरिएका हिमशिखरहरुको नियमानुसार आरोहण अनुमति प्रदान, विभिन्‍न दलहरु वीच समन्वय, पर्वतारोहण गतिविधिका वारेमा विभिन्‍न सञ्‍चार माध्यमलाई आवश्यक जानकारी  उपलब्ध गराउने सम्बन्धी  कार्य  ।
12)    सम्पर्क अधिकृतको व्यवस्था भएको निर्धारित हिमशिखरहरुका लागि आरोहण दलसंग सम्पर्क अधिकृत खटाउने तथा खटाइएका सम्पर्क अधिकृतहरुको निगरानी सम्बन्धी कार्य  ।
13)    आरोहणवाट हुन सक्ने फोहर मैलाको व्यवस्थापनका लागि निर्धारित धरौटी राख्‍न लगाउने र निर्धारण गरेका मापदण्डहरु पूरा भएपछि धरौटी फिर्ता दिने सम्बन्धी  कार्य ।
14)    पर्वतारोहण सम्बन्धी अन्य कार्य गर्ने ।

छ। अनुगमन शाखा
1)    पर्यटन व्यवसाय र उद्योगहरु होटल, रिसोर्ट, लज, रेष्टुरेण्ट, वार, एवं ट्राभल, ट्रेकिङ, र्‍याफ्टिङ्ग, पर्वतारोहण, पर्वतीय पर्यटन र अन्य साहसिक पर्यटन व्यवसाय सम्बन्धी कार्यको  अनुगमन तथा सुपरिवेक्षण सम्बन्धी कार्य ।
2)    पर्यटन व्यवसाय र उद्योगको मापदण्ड निर्धारण र सूचकहरुको विकास गर्ने ।
3)    पर्यटन व्यवसाय र उद्योग सम्बन्धी तथ्यांक संकलन प्रशोधन प्रकाशन सम्बन्धी कार्य ।
4)    नियम विपरित संचालन गरिएका र तोकिएको गुणस्तर सहितको सेवा नदिने तथा नियम विपरित कार्य गर्ने पर्यटन व्यवसाय र उद्योगलाई सजाय सम्बन्धी कार्य ।
5)    पर्यटन सम्बन्धी विकास कार्यक्रम आयोजनाहरुको अनुगमन, मूल्यांकन, आवधिक समीक्षा र प्रगति प्रतिवेदन सम्बन्धी कार्य ।

ज। कानून शाखा
1)    आवश्यकतानुसार कानूनी राय र सल्लाह प्रदान गर्ने सम्बन्धी कार्य ।
2)    आवश्यकतानुसार ऐन, नियम, गठन (आदेश), सम्झौता तयार गर्ने सम्बन्धी कार्य ।
3)    विभागको तर्फबाट फिरादपत्र, प्रतिउत्तरपत्र, रिट निवेदन, लिखित जवाफ, पुनरावेदनपत्र, पुनरावलोकन पत्र म्याद भित्रै तयार गर्ने र सम्बन्धित निकायमा पठाउने सम्बन्धी कार्य ।
4)    प्रतिरक्षाका लागि महान्यायाधिवक्ता  कार्यालय लगायतमा पत्राचारको व्यवस्था गर्ने सम्बन्धी कार्य।
5)    सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्त, राजपत्र,  ऐन नियमको संग्रह सम्बन्धी कार्य ।
6)    विभाग र अन्तर्गत निकायहरुको लागि आवश्यक कार्यविधी, निर्देशिका, सम्बन्धी कार्य।

झ। पर्यटक प्रहरी इकाई
1)    पर्यटन क्षेत्रमा गस्ती  र पेट्रोलिङ्ग सम्बन्धी  कार्य ।
2)    पर्यटकको लागि आवश्यक सूचनाको प्रवाह सम्बन्धी  कार्य ।
3)    पर्यटकहरुबाट आएको उजुरी, निवेदन उपर छानविन र कारबाही सम्बन्धी  कार्य  ।
4)    इजाजत वेगर गाईड कार्य गर्नेहरु माथि नियन्त्रण र कारबाही सम्बन्धी  कार्य  ।
5)    फौज्दारी अपराध सम्बन्धमा सम्बन्धित राजदूतावाससंग सर्म्पर्क राखी जि।प्र।का। मार्फत कारबाही अगाडि बढाउने सम्बन्धी  कार्य  ।
6)    पर्यटकहरुको लागि ज्बककभि ँचभभ वातावरण तयार गर्न ज्बधपभचक, एभमभिचक र माग्नेहरुलाई दुरुत्साहित गर्ने र पर्यटकीय स्थलहरुमा उनीहरुको चलखेलमा कमी ल्याउने सम्बन्धी  कार्य  ।
7)    होटेल, ट्राभल, ट्रेकिङ्ग, र्‍याफ्टिङ्ग एजेन्सीहरुमा निरीक्षण, प्रतिवेदन र कारबाही सम्बन्धी कार्य  ।
8)    पर्यटकहरुको विरुद्धमा पर्यटन व्यवसायीहरुबाट आएको गुनासो छानविन, कारबाही र समझदारी सम्बन्धी  कार्य  ।

डाउनलोड गर्नुहोस

  सूचना

  • Right to Information

    सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ को प...

    थप पढ्नुहोस्