नेपाल सरकार​

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय

पर्यटन विभाग

पर्यटन विभागका कार्यहरु

१)    पर्यटन नीति, रणनीति, त्रिबर्षीय योजना बमोजिम बार्षिक योजना र कार्यक्रम तयार गरी मन्त्रालयमा पेश गर्ने कार्य,
२)    स्वीकृत बार्षिक कार्यक्रमको कार्यान्वयन, अनुगमन, कार्यान्वयनमा देखा परेका समस्याहरु समाधान सम्बन्धी कार्य,


३)    पर्यटन, पर्यटकीय स्थल र पर्यटन पूर्वाधारहरुको संभाव्यता अध्ययन, अनुसन्धान, विकास, विस्तार, संरक्षण र प्रबर्द्धन सम्बन्धी कार्य,
४)    पर्यटन पूर्वाधारका मापदण्डहरु तयार गर्ने कार्य र अन्य निकायसंग सम्बन्धी कार्य,
५)    पर्यापर्यटन, पर्वतीय पर्यटन, पर्वतारोहण, साहसिक पर्यटन, पदयात्रा पर्यटन, जलयात्रा पर्यटन, ग्रामीण पर्यटन, खेलकुद पर्यटन लगायत पर्यटन विकास सम्बन्धी कार्य ।
६)    पर्यटन व्यवसायको विकास, विस्तार, सुधार सम्बन्धमा निजी क्षेत्र, पर्यटन व्यवसायीहरु र संघसंस्थासंग समन्वय सम्बन्धी कार्यहरु ।
७)    पर्यटन व्यवसाय र उद्योगको नियमन, दर्ता, नवीकरण, वर्गीकरण, सहजीकरण, समन्वय, अनुगमन सम्बन्धी कार्य,
८)    पर्यटन व्यवसाय र उद्योगलाई नियमानुसारको सुविधा, भिषा सिफारिस सम्बन्धी कार्य,
९)    पर्यटक प्रहरीको व्यवस्थापन, नियन्त्रण र निर्देशन सम्बन्धी कार्य,
१०)   पर्यटन व्यवसायको विकास, विस्तार तथा दिइनुपर्ने सुविधाका सम्बन्धमा मन्त्रालयमा सिफारिस गर्ने ।
११)   मातहतका पर्यटन कार्यालयहरुको नियन्त्रण, निर्देशन, सुपरिवेक्षण, अनुगमन र मूल्यांकन सम्बन्धी कार्य,
१२)   पर्यटन व्यवस्थापन र पूर्वाधार विकास सम्बन्धी अन्य कार्यहरु ।
१३)   पर्यटन प्रबर्द्धन सम्बन्धी कार्यहरु ।
१४)  अन्य तोकिएका कार्यहरु ।

डाउनलोड गर्नुहोस

  सूचना

  • Right to Information

    सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ को प...

    थप पढ्नुहोस्