नेपाल सरकार​

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय

पर्यटन विभाग

पर्यटन विभाग

संस्कृति, पर्यटन तथा नागिरक उड्डयन मन्त्रालयले प्रत्यक्ष संलग्न भै पर्यटन उद्योग महाशाखाले गर्दै आएका पर्यटन उद्योगहरुको दर्ता, नवीकरण, स्तरीकरण, अनुगमन एवम् पर्यटन व्यवसायको नियमन गर्ने कार्य, पर्यटकीय सम्पदाहरुको संरक्षण तथा पर्यटन पूर्वाधारहरुको विकास, पर्यटकहरुको सुरक्षा गर्ने जस्ता कार्यहरु विभागस्तर र कार्यालयस्तरबाट गर्नु औचित्यपूर्ण हुन्छ ।


त्यसमा पनि धेरै पर्यटक व्यवसाय र उद्योग भएको काठमाण्डौ र ठूला पर्यटन उद्योगहरु जस्तो पाँचतारे होटलहरु, क्यासिनो, स्वदेश विदेशमा पर्यटन प्रबर्द्धन, पर्वतारोहण अनुमति र पर्वतीय पर्यटनको एकीकृत विकास जस्ता कार्य विभागको तहबाट गर्नु उपयुक्त हुने भएकोले पर्यटन पूर्वाधार विकास, पर्यटन उद्योगहरुको नियमन, पर्यटन प्रबद्र्धन र विकास, पर्यटक प्रहरीको व्यवस्थापन र मातहतका पर्यटन कार्यालयहरु समेत हेर्ने गरी नेपाल सरकार (मन्त्रिपरिषद्) मिति २०७१।०४।०२ को निर्णयानुसार पर्यटन विभागको गठन भएको हो ।

डाउनलोड गर्नुहोस

  सूचना

  • Right to Information

    सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ को प...

    थप पढ्नुहोस्